बैठकको सारांश

प्रारम्भिक योजना बैठक

बैठकको रूपरेखा

  1. ग्रुपको लक्ष्य गाउँको समस्या जस्तै सडक, पानी, सफाइ, पढाइ, स्वास्थ्य आदिमा छलफल गरेर व्यावहारिक समाधान निकाल्नु हो।
  2. सबै सदस्यहरूलाई आ-आफ्नो विचार, सुझाव र योजना राख्न आग्रह गरियो।
  3. सबैलाई राजनीतिभन्दा माथि उठेर गाउँको हितमा एकजुट भई काम गर्न भनियो।
  4. ग्रुपमा नियम बनाइयो कि फालतू भिडियो, मिम, स्टीकर वा गाउँ विकासभन्दा फरक सन्देशहरू स्वीकार गरिने छैन।
  5. केही सदस्यहरूले भने कि केवल च्याट मात्र होइन, समय निकालेर बैठक, छलफल र मिलेर काम गर्नु जरुरी छ।
  6. सबैलाई विश्वास छ कि साना-साना कामबाट सुरुवात गरेर बिस्तारै ठूलो परिवर्तन ल्याउन सकिन्छ।
  7. सुझाव आयो कि पहिले गाउँको मुख्य समस्या पहिचान गरियोस्, अनि ५० - १०० दिनको सानो लक्ष्य बनाएर काम सुरु गरियोस्।
  8. इमान्दारी, मेहनत, सेवा भावना, पारदर्शिता र निरन्तर प्रयासले मानिसहरूको विश्वास जित्न सकिन्छ।
  9. धेरै सदस्यहरू यस कुरामा सहमत भए कि १० - १५ जना मिलेर पहिले सानो समस्याको समाधान गरौं, अनि बिस्तारै अगाडि बढौं।
बैठकको जानकारी
  • 📅 मिति: ३० जेठ २०८३
  • 👥 संस्था: ग्राम नवाचार युवा मञ्च : खोपी - ९
  • माध्यम: व्हाट्सएप समूह