बैठकको सारांश
एकता, प्रगति र आगामी कार्ययोजना
बैठकको रूपरेखा
- समूहलाई अगाडि बढाउन सबै सदस्य उत्साहित र प्रतिबद्ध छन्।
- समूह प्रवर्द्धन र विस्तारको योजनालाई अगाडि बढाउने निर्णय भयो।
- अखरी पूजाको विस्तृत पोस्ट तयार गरी अन्य ग्रुपहरूमा सेयर गर्ने।
- काम सकिएपछि ब्यानर सँग ग्रुप फोटो खिच्ने।
- सदस्यता दर्ता र टी-सर्टको बारेमा छलफल भयो।
- काम गर्ने बेला सुरक्षाको ध्यान दिने र सामग्री सुरक्षित राख्ने कुरामा जोड दियो।
- बजेट व्यवस्थापन र कोष जुटाउने तरिकाको बारेमा छलफल भयो।
- सबै सांस्कृतिक कार्यक्रमहरू यसै समूह अन्तर्गत आयोजना गर्ने प्रस्ताव राखियो।
- आगामी काम: सीसीटीभी क्यामेरा जडान।
- साप्ताहिक कार्यक्रममा सबै सदस्यको सक्रिय सहभागिता अनिवार्य रहनेछ।
बैठकको जानकारी
- 📅 मिति: १३ असार २०८३
- 👥 संस्था: ग्राम नवाचार युवा मञ्च : खोपी - ९
- माध्यम: व्हाट्सएप समूह