गाउँ विकास अभियान

ग्राम नवाचार युवा मञ्च

युवा जाग्यो भने गाउँ बदलिन्छ, गाउँ बदलियो भने समाज र देश अगाडि बढ्छ।

ग्राम नवाचार युवा मञ्चको बारेमा

ग्राम नवाचार युवा मञ्च एउटा नयाँ युवा समूह हो जसको मुख्य उद्देश्य गाउँको विकास, समस्याहरूको समाधान, नयाँ सोचको विकास र सबैलाई एकजुट गरेर सामाजिक कार्य गर्नु हो।

🏡

गाउँको विकास

सडक, खानेपानी, सरसफाई, शिक्षा र स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित प्रयास।

💡

नवाचार

नयाँ सोच, नयाँ योजना र व्यावहारिक समाधानहरूको खोजी।

🤝

एकता

राजनीतिभन्दा माथि उठेर गाउँको हितको लागि एकजुट प्रयास।

१००

दिनको लक्ष्य

१५+

स्वयंसेवक

गाउँ, एक लक्ष्य

सम्भावना

मुख्य उद्देश्यहरू

गाउँका समस्याहरूको पहिचान र समाधान।
सबै सदस्यहरूको विचार र सुझावलाई स्वागत।
राजनीतिभन्दा माथि उठेर गाउँको हितमा काम।
अनावश्यक भिडियो, मिम र सन्देशहरू निषेध।
नियमित बैठक र सामूहिक कार्य।
साना प्रयासबाट ठूलो परिवर्तन।
५०–१०० दिन भित्र पूरा गर्न सकिने लक्ष्य।
इमान्दारी, मेहनत र पारदर्शिता।
गाउँको विकासका लागि सबैलाई एकजुट बनाउने प्रयास।
युवाहरूको सक्रिय सहभागिता।

बैठकको इतिहास

ग्राम नवाचार युवा मञ्चको सबै बैठकहरूको संक्षिप्त विवरण।

६ भदौ २०८३
नालाको कामका लागि अन्तिम गाउँ बैठक।
विवरण हेर्नुहोस्
३० साउन २०८३
संस्थाको नाम, ब्यानर डिजाइन तथा आगामी कार्यक्रमसम्बन्धी बैठक
विवरण हेर्नुहोस्
२३ साउन २०८३
गाउँ विकास, CCTV व्यवस्थापन तथा नाला सम्बन्धी छलफल
विवरण हेर्नुहोस्
१८ साउन २०८३
संस्था दर्ता तथा समूह अनुशासन सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू
विवरण हेर्नुहोस्
९ साउन २०८३
गाउँस्तरीय विकास, नाला तथा पानी निकास व्यवस्थापन र समूह दर्ता सम्बन्धी बैठक
विवरण हेर्नुहोस्
२० असार २०८३
सीसीटीभी क्यामेरा जडान तथा बरहमस्थान विकास योजना
विवरण हेर्नुहोस्

अभियानमा जोडिनुहोस्

साना-साना प्रयासबाट सुरुवात गरौं। मिलेर आफ्नो गाउँ बदलौं।

स्वयंसेवक बन्नुहोस्